२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

चन्द्रागिरिमा जनमोर्चा र नेकपा एकीकृत समाजवादीले निकाल्यो : राँके जुलुस

काठमाडौंः नेकपा मसाल,राष्ट्रिय जनमोचा र नेकपा एकीकृत समाजवादी पाटीले चन्द्रागिरिमा अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विरोधमा मसाल जुलुस निकालेको छ ।

साझ ८ वजे उक्तपाटीले विरोध सोरुप चन्द्रागिरि ६ मातातिर्थवाट गुजुधारा चोक सम्म विभिन्न नारावाजी गर्दे मसाल जुलुस निकालेको हो ।
महानगरीय प्रहरी प्रभाग बलम्वुले गुजुधारा चोक पुगेको मसाल जुलुस सहितको आन्दोलकारीको मसाल खोसेर नियन्त्रणमा लिएको थियो । उत्त मसाल जुलस पछिको कोणसभामा बोल्दै राष्ट्रिय जनमोर्चाका युवा नेता तथा चन्द्रागिरि नगर ईन्चाज रोसन दानीले अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज अनुदानको नाममा साम्राज्यवादी शक्ति अमेरिकाको षडयन्त्रमा नेपाल फस्न दिन नहनु बताए ।

उनले भने, ‘यो नेपालको विकासका लागि होइन, आफ्ना गतिविधि बढाउन लागि ल्याइएको एमसीसीको पक्षमा कुनै नेपाली छैनन्। नेता दानीले ५०÷६० अर्ब रुपैयाँका लागि नेपालको सार्वभौमिकतामाथि आँच आउने काम कुनै पनि हालतमा हुन नहुने बताए। एमसीसी परियोजना संसद्बाट कुनै पनि हालतमा पास गर्न नहुनेमा दानीको जोड थियो ।

कार्यक्रममा नेकपा एकीकृत समाजवादी पाटीका नेता भाईकृष्ण बलामीले सम्पूर्ण नेपाली एमसीसीको विरोधमा भएकाले संसदबाट पारित हुने अवस्था छैन। उनले भने, कुनै पनि हालतमा मर्न परेपनि एमसीसी पास हुन दिने छैनौ ।

बलामीले विकास निर्माणका नाममा साम्राज्यवादी सर्त स्वीकार गर्न नसकिने बताए । उनले एमसीसी परियोजन देश र राष्ट्रको हितका नभई चिन कव्जा गर्ने र देशलाई समाज्यवादीहरुको क्रिडा स्थल बनाउन र आफ्नो व्यक्तिगत फाईदाका लागि निहित स्वार्थमा विदेशी मतियारहरु संकृय भएर देशलाई रणमैदान वनाउन लागेको आरोप छ । देशको हित र रक्षाका लागि सवै नेपालीहरु एमसीसीको लडाईमा मैदानमा आउन’ पर्ने नेताहरुको भनाई छ ।

कार्यक्रममा राष्ट्रिय जनमोर्चा चन्द्रागिरि नगर कमिटि अध्यक्ष मोहन जिसी, समाजवादीका युवा नेता अमिर महर्जन लगायत नेता कार्यक्रताहरुको सहभागी रहेको थियो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com