२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

पर्यटन मन्त्रालयले भन्यो ‘मन्त्रीको बदनाम गराउने उद्देश्यले योजना बनाए

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मन्त्री प्रेमबहादुर आलेको बचाउ गरेको छ । मन्त्रालयले विज्ञप्ति जारी गर्दै पुरानो भिडियो संवाद तोडमोड गरी सार्वजनिक गरेर मन्त्री आलेको बद्नाम गर्न खोजेको भन्दै ध्यानकर्षण भएको जनाएको छ ।

मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ । ‘नेपाल बाहिर बस्दै आएका एक शुभेच्छुकले माननीय संस्कृती पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेज्यूसँग भएको पुरानो भिडियो संवाद तोडमोड गरी सार्वजनिक गरेको विषयमा हाम्रो ध्यानाकर्षण भएको छ ।’

मन्त्रालयले विज्ञप्तिमार्फत उक्त व्यक्तिले आर्थिक बार्गेनिङ गर्दै आएको समेत उल्लेख गरेको छ । ‘सोमबार मात्रै निर्वाचन क्षेत्रसँग जोडिएका नेपाली कांग्रेसका एक नेतासँग पशुपती विकास कोषको बैठकको समाचार सार्वजनिक भएपछि उनले ती नेताको मानमर्दन गर्दै स्टाटस पनि लेखेका थिए । यो क्रम लामो समयदेखि चलिरहेको थियो । उनी कहिल्यै आर्थिक सहयोग गर्नुपर्यो भन्दै बार्गेनिङ गर्थे ।’

मन्त्रालयले भिडियो तोडमोड गर्ने व्यक्तिलाई आवश्यक कारवाहीका लागि प्रहरीसँग अनुरोध गरिएको समेत विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा उल्लेख छ( ‘भिडियो तोडमोड, काटछाट गरेर एउटा भिडियो क्लिप सार्वजनिक गरेको देखियो । यसबारे छानविन गर्न प्रहरी प्रशासनलाई हामी अनुरोध गर्दछौं । हामीले कानुनी परामर्श थालिसकेका छौँ ।’

उक्त भिडियोको विषयलाई लिएर मन्त्रालयले मन्त्री आलेको लोकप्रिय काममा अवरोध पुर्याउन गिरोह सक्रिय रहेको समेत आरोप लगाएको छ ।

‘पर्यटन मन्त्रीका पछिल्ला लोकप्रिय काम कारवाहीमा कसरी अवरोध ल्याउन सकिन्छ भनेर एउटा गिरोह सक्रिय छ । मन्त्रालयमा पनि केही अपरिचित शंकास्पद व्यक्तिलाई सचिवालयका कर्मचारी र सुरक्षाकर्मीले निगरानी गरेका थिए । त्यस्ता व्यक्तिहरू मन्त्रीलाई पछ्याइरहेका देखिन्थे । अनुमति नलिई भिडियो रेकर्ड गर्थे ।’ मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।

आज बिहान जगत ओली नामका एक व्यक्तिले मन्त्री आलेसँगको भिडियो संवाद सार्वजनिक गरेका थिए । संवादमा मन्त्री आलेले अश्लिल शब्द प्रयोग गरी उक्त व्यक्तिलाई गाली गरेको सुनिन्छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com