२०८१ बैशाख ६ - Thu Apr, 2024 -

Janasewa News

काठमाडौं प्रहरी प्रमुख एसएसपी कार्कीले सम्हाले जिम्मेवारी

काठमाडौं प्रहरी प्रमुख एसएसपी कार्कीले सम्हाले जिम्मेवारी

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले पदभार ग्रहण गरेका छन् । प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत एसएसपी कार्की २८ पुसमा काठमाडौं जिल्लाको प्रमुख पदमा सरुवा भएका थिए ।

प्रहरी प्रधान कार्यालयबाट काठमाडौं जिल्लाको जिम्मेवारी पाएको ६ दिनपछि एसएसपी कार्कीले बुधबार बिहान टेकुस्थित परिसरको कार्यालय पुगेर पदभार ग्रहण गरेका हुन् । कार्यालयमा प्रहरी अधिकारीले कार्कीलाई स्वागत गरेका थिए ।

पदभार ग्रहण गर्दै एसएसपी कार्कीले अपराध नियन्त्रण, जनताको जिउधनको सुरक्षा आफ्नो प्राथमिकतामा रहेको बताए । प्रहरी कर्मचारीको मनोबल बढाउने र परिणाममुखी कार्यसम्पादनमा आफू केन्द्रित हुने उनको भनाइ थियो ।

बुधबारै एसएसपी कार्कीले कार्यालय मातहत वृत्त, प्रभाग प्रमुखहरुलाई शान्ति सुरक्षासम्बन्धी आवश्यक निर्देशनसमेत दिएको एसपी दिनेश मैनालीले जानकारी दिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com