२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

राष्ट्रपतिको कदमले देशमा अस्थिरताको खतरा बढ्यो : महर

राष्ट्रपतिको कदमले देशमा अस्थिरताको खतरा बढ्यो : महर

काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले राष्ट्रपतिको कदमले देशमा अस्थिरताको खतरा बढेको बताएका छन् । नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै नेता महरले देश संघ र प्रदेशको निर्वाचनमा होमिएको बेला राष्ट्रपति भण्डारीबाट असंवैधानिक कदम चाल्ने काम भएको आरोप लगाए ।

१४ महिना अगाडि तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले प्रतिगामी शक्तिहरूको उक्साहटमा असंवैधानिक तवरबाट गरेको संसद् विघटन पश्चात २०६२/६३ सालको आन्दोलनबाट प्राप्त उपलब्धिलाई खतम गरेर देशलाई अन्धकारतर्फ धकेल्ने प्रयास पूरा नभएकाहरूको मनोकांक्षा पूरा गर्ने हेतुले रास्ट्रपतिबाट अहिलेको गैरसंवैधानिक कदम चालिए कुरा बुझ्न गाह्रो छैन,उनले भने ।

प्रतिगामी शक्तिहरूको उक्साहतमा चालिएको कदमले देश फेरी प्रतिगमन तीर जान सक्ने खतरा बढेकाले निर्वाचनबाट आउने संसदले संविधान उल्लंघन गर्ने राष्ट्रपतिलाई महाअभियोग लगाउने संकल्प राजनीतिक दलको गठबन्धनको बैठकबाट पास गर्न र शान्तिपूर्ण तरिकाबाट कर्तव्यनिष्ठ भएर मंसिर ४ गते हुने निर्वाचनलाई सम्पन्न गर्ने अर्जुन दृष्टी बनाउन उनले आग्रह गरेका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com