२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

नेपाल पत्रकार महासंघको आन्दोलन जारी

जनसेवा न्युज संवाददाता

नेपाल पत्रकार महासंघले आफ्नो धर्ना कार्यक्रमलाई जारी राखेको छ । पारिश्रमिक साथै कान्तिपुर टेलिभिजनले पत्रकार दिपा दाहाललाई निष्काशन गरेकोलगायतका विषयमा महासंघ हिजोदेखि चरणवद्ध संघर्षको कार्यक्रममा उत्रिएको हो ।

आन्दोलनको पहिलो दिन महासंघको नेतृत्वमा तीनकुनेस्थित कान्तिपुर टेलिभिजनको कार्यालयको गेटमा मध्यान्ह १२ बजेदेखि दिउँसो साढे १ बजेसम्म धर्ना कार्यक्रम आयोजना गरिएको थियो । धर्ना कार्यक्रममा महासंघका अध्यक्ष विपुल पोखरेल, सल्लाहकार निर्मला शर्मा, वरिष्ठ उपाध्यक्ष रमेश विष्ट, महासचिव रोसन पुरी लगायतको उपस्थिति थियो ।

धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष पोखरेलले महासंघ जुन उद्देश्यका साथ आन्दोलनमा उत्रिएको हो, त्यसको गन्तव्यमा नपुग्दासम्म पछि नहट्ने बताए । महासंघका सल्लाहकार निर्मला शर्माले निष्कासित पत्रकार दिपा दाहाल लगायत विना कारण निकालिएका पत्रकारको पुनर्बहालीको माग गर्दै महासंघले शुरु गरेको आन्दोलनप्रति ऐक्यबद्धता जनाइन् ।

महासचिव रोसन पुरीले पत्रकार दिपा दाहालको पुनर्बहाली र न्यूनतम पारिश्रमिक मात्र नभइ अव श्रमजीवी पत्रकार ऐनको सम्पूर्ण रुपमा कार्यान्वयन कान्तिपुरले गर्नुपर्ने बताए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com