२०८१ बैशाख १९ - Wed May, 2024 -

Janasewa News

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज

काठमाडौँ- सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले यही फागुन ७ गतेदेखि १० गतेसम्म ललितपुरको गोदावरीमा हुन लागेको महासमितिको बैठकको तयारीबारे छलफल गर्न बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्न लागेको जानकारी दिए ।

बैठकमा आगामी महासमिति बैठकका विषयमा केन्द्रित रहेर छलफल हुने मुख्यसचिव पौडेलले बताए । कांग्रेसले बुधबार मात्र पत्रकार सम्मेलन गरेर महासमितिको बैठकको तयारीका बारेमा जानकारी गराएको थियो ।

पार्टीको महासमितिको बैठकमा पार्टीका उपसभापति एवं उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले तयार पारेको आर्थिक, सामाजिक, धार्मिक, सांस्कृतिक तथा राजनीतिक विषय समेटिएको नीति प्रस्ताव महासमिति बैठकमा पेश गर्न लागिएको जनाइएको छ ।

पार्टीका महामन्त्री गगनकुमार थापाले साङ्गठनिक र अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसाययिक राजनीतिक परिस्थितीको बारेमा प्रतिवेदन पेश गर्ने कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ । कांग्रेसले आजको बैठकमा उपस्थित हुनका लागि पार्टी केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यलाई अनुरोधसमेत गरेको छ ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com