२०८१ बैशाख २८ - Fri May, 2024 -

Janasewa News

संसदको कार्यसूचीमा एमसीसी समेट्न कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै

काठमाडौं । सभमुख अग्निप्रसाद सापकोटाले बुधबार बिहानका लागि प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गरेका छन् ।

सभामुख सापकोटाको सचिवालयले बताए अनुसार बुधबार साढे ११ बजेका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् ।

बैठकमा एमसीसी संसदमा टेबुल गर्नेबारेमा छलफल हुने बताइएको छ । बुधबार १ बजे संसद बैठक बस्दैछ । संसद बैठकअघि बस्ने परामर्श समितिको बैठकलाई महत्वकासाथ हेरिएको छ । सम्भवत उक्त बैठकले संसद बैठकका लागि एमसीसी कार्यसूचीमा समेट्नेबारे निर्णय हुनेछ ।

मंगलबार नेपाली काँग्रेसले बुधबार बस्ने बैठकमा एमसीसी टेवुल गर्ने निर्णय गरेको थियो । काँग्रेसको बैठक सकिए लगत्तै प्रधानमन्त्री समेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सभामुख सापकोटालाई टेलिफोन गरि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउन र संसदको कार्यसूचीमा एमसीसी समेट्न आग्रह गरेको बताइएको छ ।

मंगलबार संसद सचिवालयले निकालेको सुचनामा भने एमसीसी सम्भावित कार्यसूचीमा समेटिएको थिएन । नेकपा एमालेले यसअघि अबरुद्ध गर्दा संसद चल्न सकिरहेको थिएन । लामो समयपछि आज प्रतिनिधिसभाको बैठक बस्दैछ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com