२०८१ जेष्ठ ४ - Fri May, 2024 -

Janasewa News

राष्ट्रघाति एमसीसीविरुद्धको प्रदर्शनमा प्रहरी दमान वाइसीएलका संयोजक देवकोटा घाइते

काठमाडौँ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विरुद्धमा प्रदर्शनमा उत्रिएकाहरू र प्रहरीबीच नयाँ बानेश्वरमा झडप भएको छ । प्रदर्शनकारीहरू निषेधित क्षेत्र पार गर्न अगाडि बढेपछि प्रहरीले उनीहरूलाई बल प्रयोग गरेर हटाउने क्रममा झडप भएको हो ।

झडपमा नेकपा माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिस्ट लिग नेपाल (वाइसीएल) का संयोजक सुमन देवकोटा घाइते भएका छन् । उनको टाउकोमा चोट लागेको छ ।

प्रदर्शनकारीहरूलाई प्रहरीले पानीको फोहोरा प्रहार गरेका छन् । प्रदर्शनकारीहरूले एमसीसी खारेज गर, एमसीसी चाहिँदैनलगायत नारा लगाएका छन् ।

प्रदर्शनमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेकपा, राप्रपा, नेकपा–क्रान्तिकारी माओवादीलगायत विभिन्न पार्टीका नेता कार्यकर्ता उत्रिएका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com