मातृभूमि जागरण अभियान नेपाली कम्युनिस्ट पार्टीमा समाहित

काठमाडौं । मातृभूमि जागरण अभियान नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएको छ। घोषणा सभाअघि नेकपाका संयोजक प्रचण्ड र अभियानका नेता भीम रावलले औपचारिक रुपमा सहमति पत्रमा हस्ताक्षर गरेका छन्।
घोषणा सभा केहीबेरमा राष्ट्रिय सभागृहमा सुरु हुँदैछ। सभालाई संयोजक प्रचण्ड, सहसंयोजक माधव नेपाल र नेता रावलले सम्बोधन गर्नेछन्।
रावललाई नेकपामा छैटौँ वरीयता दिने सहमति बनेको छ। त्यसअघि प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ रहनेछन् ।



