२०८१ बैशाख ४ - Tue Apr, 2024 -

Janasewa News

अफगानिस्तानलाई तीन करोड २० लाख अमेरिकी डलर प्राप्त

काबुल । अफगानिस्तानले बुधबार मानवीय नगद सहयोगका लागि तीन करोड २० लाख अमेरिकी डलर बराबरको नगद् रकम प्राप्त गरेको अफगानिस्तानको केन्द्रीय बैंकले जनाएको छ ।

‘द अफगानिस्तान बैंक’ (डीएबी) ले आफ्नो आधिकारिक ट्वीटरमार्फत् उक्त कुरा सार्वजनिक गरेको हो । “अफगानिस्तानलाई मानवीय सहायताको प्रतिवद्धता अन्तर्गत पछिल्लो तीन करोड २० लाख अमेरिकी डलरको मानवीय सहायताको १५ औं चरणको सहयोग अफगानिस्तान आइपुगेको छ । उक्त रकम अफगानिस्तान इन्टरनेशनल बैंक (एआईबी) मा जम्मा गरिएको छ ।”

अन्तरर्राष्ट्रिय समुदायको मानवीय सहयोगको मूल्यांकन गर्दै डीएबीले यस क्षेत्रमा अझ बढी सहयोगको माग गरेको छ । अन्तर्राष्ट्रिय समुदायले गत हप्तान्तसम्ममा नौ करोड ६० लाख अमेरिकी डलरको मानवीय सहयोगको प्रतिवजद्धता गरेको छ भने यसलाई क्रमशः अफगानिस्तान पठाइनेछ ।

यो सहयोग गत सप्ताह अन्तदेखि नै मुलुकमा आइपुगेको बैंकले जनाएको छ । उक्त बैंकले जारी गरेको तथ्याङ्कअनुसार युद्धग्रस्त एसियाली यस मुलुकले गत वर्षको अगस्ट महिनाको मध्यतिर तालिबानले अफगानिस्तान कब्जा गरेदेखि ३४ करोड ५० लाख अमेरिकी डलरभन्दा बढी नगद सहयोग प्राप्त गरेको थियो ।
तालिबानको अफगानिस्तान कब्जापछि संयुक्त राज्य अमेरिकाले अफगानिस्तानको केन्द्रीय बैंकको नौ अरब अमेरिकी डलरभन्दा बढी सम्पत्ति रोक्का गर्ने घोषणा गरेको थियो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com