२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

नागढुंगाबाट स्रोत नखुलेको ३ करोड ८९ लाखसहित ४ जना चिनिया नागरिक पक्राउ

 

काठमाडौं । प्रहरीले स्रोत नखुलेको ३ करोड ८९ लाख १३ हजार रुपैयाँसहित ४ जना चिनियाँ र एक नेपालीलाई पक्राउ गरेको छ । नुवाकोटबाट काठमाडौं आउँदै गरेको बीएबी ५७१० नम्बरको गाडीको चेकजाँच गर्ने क्रममा प्रहरीले नागढुंगाबाट स्रोत नखुलेको उक्त रकमसहित चार जना चिनिया नागरिक र गाडी ड्राइभर ९एक जना नेपाली०लाई पक्राउ गरेको हो ।

पक्राउ पर्ने चिनिया नागरिकहरुमा ५० वर्षीय अङ जाइकिङ, ४९ वर्षीय झान टु, ३१ वर्षीय मेङ युन सुन, २६ वर्षीय मौजियान हुआ र नुवाकोट विदुर नगरपालिका–८ घर भएका ४४ वर्षीय फूलबहादुर गुरुङ रहेका छन् ।

उनीहरुको साथबाट एक हजार दरको ३६ हजार ४१३ थान गरी नगद ३ करोड ६४ लाख १३ हजार, पाँच सय दरको ५ हजार १ थान गरी नगद २५ लाख ५००, एक सय दरको २ थान गरी नगद २००, बीस दरको १ थान गरी जम्मा ३ करोड ८९ लाख १३ हजार ७२० बरामद गरिएको छ ।

पक्राउ परेकाहरुलाई बरामद रकमसहित सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागलाई बुझाइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com