२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Janasewa News

सलमान खानसँगै सोनाक्षी सिन्हा र ज्याकलिन फर्नान्डिज बैशाख ३ गते नेपाल आउने

काठमाडौं । बलिउड अभिनेता सलमान खान नेपाल आउने भएका छन् । आगामी बैशाख ३ गते दशरथ रंगशालामा हुने सांगितिक कार्यक्रममा सलमान खानसहितको कलाकार टोली नेपाल आउन लागेका हुन् ।

बलिउडका कलाकारहरुलाई ओडीसी इन्टरटेनमेन्टले नेपालमा ल्याउन लागेको जानकारी दिइएको छ । ओडीसीले बुधबार उनीहरुलाई भुक्तान गर्नुपर्ने रकममध्ये ४ करोड रुपैयाँ पर्यटन मन्त्रालयबाट राष्ट्र बैंकमा भुक्तानी पठाउन सिफारिस पत्र लिएको पनि बताइएको छ ।

यसअघि २०७४ फागुन २६ गते सलमानसहितका कलाकार नेपाल आउने भनिएको थियो । त्यतिबेला विवादका कारण उक्त कार्यक्रम रद्ध भएको थियो । तर, आगामी बैशाख ३ गते भने सलमान खानसहितको टोली नेपाल आउने पक्का भएको छ ।

सलमानसहित सोनाक्षी सिन्हा, ज्याकलिन फर्नान्डिज, प्रभु देवा, मनिष पौल, आयुष शर्मा लगायतका कलाकार नेपाल आउँदैछन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com