२०८१ बैशाख १८ - Tue Apr, 2024 -

Janasewa News

बलिउड गायिका आस्था गिलको काठमाडौंमा प्रस्तुति

काठमाडौँ । बलिउड गायिका आस्था गिल आगामी वैशाख २४ गते शनिबार अर्थात् मे ७ मा राजधानीमा गुञ्जिने भएकी छन् । उनले ‘आस्था गिल लाइभ’ कार्यक्रममार्फत आफ्ना लोकप्रिय हिट नम्बरबाट दर्शक नचाउने भएकी हुन् ।
दरबारमार्गस्थित क्लब प्लाटिनमले उनलाई सांगीतिक कार्यक्रम सहित प्रस्तुत गर्न लागेको हो । युहान इन्टरनेसनल इभेन्ट, फेलिज, एमी इन्टरटेनमेन्ट र क्लब प्लाटिनमले संयुक्त रुपमा कार्यक्रमको आयोजना गर्न लागेको हो ।

कार्यक्रमको आयोजकले अग्रिम टिकट बुकिङ खुला गरेका छन् । टिकटको मुख्य लागि १ हजार र भीआइपीका लागि २ हजार राखिएको छ । कार्यक्रमको अनलाइन टिकेटिङ पार्टनर ग्लोबल अनलाइन पे रहेको छ ।

फिल्म ‘फग्ली’को पार्टी सङ ‘ढुप चिक’ बाट बलिउडको पाश्र्व गायनमा पाइला चालेकी आस्थाका ‘अभि तो पार्टी सुरु हुई है’, डिजे वाला बाबु’, बज’, नागिन’, ‘ह्याप्पी ह्याप्पी’, ‘कमरिया’लगायतका गीत लोकप्रिय छन् ।
उनी स्टण्ट बेस्ड रियालिटी शो ‘फियर फ्याक्टरः खतरों कि खेलाडी ११’ को प्रतिस्पर्धी पनि हुन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com