२०८१ बैशाख १९ - Wed May, 2024 -

Janasewa News

काठमाडौँमा दुई दिने राष्ट्रव्यापी वैदिक सनातन धर्म सम्मेलन हुने

काठमाडौँमा दुई दिने राष्ट्रव्यापी वैदिक सनातन धर्म सम्मेलन हुने

काठमाडौं । काठमाडौंको पशुपतिक्षेत्रमा भोलिदेखि दुई दिन सञ्चालन हुने राष्ट्रिय धर्म संस्कृति सम्मेलनको तयारी पूरा भएको आयोजकले जनाएको छ । राप्रपा नेपाल आबद्ध राष्ट्रिय सनातन धर्म संस्कृति महासंघको आयोजनामा हुने कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

उनका अनुसार जगतगुरु १००८ स्वामी बालसन्त मोहनशरण देवाचार्यलगायत धार्मिक व्यक्तित्वहरूबाट उद्घाटन हुने कार्यक्रम दुई चरणमा सम्पन्न हुनेछ। उद्घाटन सत्रमा ॐकार परिवार भित्रका हिन्दु, बौद्ध, किराँत, शिख र जैनलगायत विभिन्न सम्प्रदायका अगुवालगायत विभिन्न जिल्लाका धार्मिक प्रतिनिधिहरू सहभागी हुने उनले बताए ।

बन्द सत्रमा राप्रपा नेपालका अध्यक्ष कमल थापा, नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति प्राज्ञ डा। जगमान गुरुङ, विद्वान् डा. चन्द्र कुमार शेर्मा, मोहन रुम्बा लामा, धार्मिक अध्येता डा। निर्मला पौखरेल, लेखक विनु पोखरेल, डा. विष्णु भण्डारीले विभिन्न विषयमा कार्यपत्रहरू प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।

सम्मेलनले नेपालमा बढिरहेको धर्मान्तरलाई रोक्ने र नेपाललाई हिन्दूराष्ट्रको रूपमा पुनर्स्थापना गर्ने मार्गचित्र लगायत विषयहरू पारित गर्ने तयारी रहेको राप्रपा प्रवक्ता सुरेश आचार्यले जानकारी दिए ।

आयोजक राष्ट्रिय सनातन धर्म संस्कृति महासंघका अध्यक्ष ज्योतिष पण्डित सुजन अधिकारीले सम्मेलनमा विभिन्न धार्मिक संघ संस्थाका प्रतिनिधिहरू, विभिन्न जिल्लाका प्रतिनिधिहरू, हिन्दुत्व अभियानमा जोडिएका धार्मिक अगुवाहरू, लेखक , वुद्धिजीवी , ॐ कार परिवारसँग आबद्ध व्यक्तित्वहरूको सम्मेलनमा सहभागिता रहने छ ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com