२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Janasewa News

संक्रमणकालीन न्यायसम्बन्धी कानुन टुङ्ग्याउन माओवादी बाधक बन्यो : ओली

संक्रमणकालीन न्यायसम्बन्धी कानुन टुङ्ग्याउन माओवादी बाधक बन्यो : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संक्रमणकालीन न्यायसम्बन्धी कानुन टुङ्ग्याउन माओवादी बाधक बनेको आरोप लगाएका छन् ।

राष्ट्रपति पदको निर्वाचनका विषयमा शनिबार ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा आयोजित सांसद प्रशिक्षण कार्यक्रममा ओलीले आफू प्रधानमन्त्री हुँदा प्रचण्डलाई संक्रमणकालीन न्यायसम्बन्धी कानुन टुङ्ग्याउनका लागि बारम्बारभन्दा पनि ऐन कानुन बनाउन नदिएको आरोप लगाएका हुन् ।

उनले बेपत्ता छानबिन तथा सत्य निरूपणसम्बन्धी आयोगलाई काम गर्न पनि माओवादीकै मान्छेहरूले व्यवधान खडा गरेको जिकिर गरे । ओलीले शान्ति प्रक्रियालाई अविलम्ब टुङ्गाउनुपर्ने एमालेको धारणा रहेको भन्दै यस विषयलाई गम्भीरतापूर्वक लिन प्रधानमन्त्री प्रचण्डलाई सुझाव दिए ।

प्रशिक्षण कार्यक्रममा ओलीले पुष १० गते भएको सहमति तोड्दै राष्ट्रिय छलफलको कुरा गरेर प्रचण्डले छलि कुरा गरेको आरोप लगाए । राष्ट्रिय राजनीतिलाई सही ट्रयाकमा ल्याउनका लागि एमालेका राष्ट्रपति उम्मेदवारमा राष्ट्रिय सहमति गर्न उनले आह्वान गरे । उनले अहिले पाइला पाइलामा संविधान मिच्नेहरूले नै संविधानमाथि खतरा भयो भन्दै वक्तव्यबाजी गरिरहेको टिप्पणी गरे ।

राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेल सभामुख हुँदा सांसदको अधिकार खोसेको भन्दै ओलीले व्यक्तिगत रुपमा सम्मान गरे पनि सभामुखका रूपमा कामै नलाग्ने र राष्ट्रपतिका रूपमा सोच्नै नसकिने पात्र भएको तर्क गरे ।

ओलीले अहिले सरकारमा भएका दल र नेताहरू सत्तास्वार्थका लागि राष्ट्रिय हित विपरीत काम गरिरहेको भन्दै यसलाई एमालेले रोक्ने बताए । नेकपा एमाले देश र जनताका साथै संविधानप्रति प्रतिबद्ध रहेकाले कुनै पनि भ्रममा नपर्न आफ्ना सांसदहरूलाई ओलीले आग्रह गरे ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com