संसदबाट एमसीसी अनुमोदन गरेको विरुद्धमा विप्लव नेकपा सहित ६ पार्टीले गरे संघर्षको घोषणा

काठमाडौँ । विप्लव नेतृत्वको नेकपासहित ६ दल र २ मोर्चाले संसदबाट राष्ट्रघाती एमसीसी पारित गरेपछि चरणबद्ध आन्दोलनको कार्यक्रम घोषणा गरेका छन् ।
आज काठमाडौंमा नेकपा क्रान्तिकारी माओवादीको केन्द्रीय कार्यालयमा भएको बैठकले यही फागुन २० गते विशाल विरोध प्रदर्शनसहित विशाल जनसभाको आयोजना गरेको छ ।
बैठकले फागुन २० गतेदेखि चैत्र ६ गतेसम्म चरणबद्ध आन्दोलनको कार्यक्रम तय गरेको छ ।
फागुन २० गते पार्टीको विशाल शक्ति प्रदर्शन संगै चैत्र ६ गतेसम्म पार्टी सम्बद्ध जबस र मोर्चाहरुले संयुक्त विरोध प्रदर्शन गर्ने भएका छन् ।
