२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

शिक्षण शुल्क वृद्धिविरुद्ध विद्यार्थीको प्रदर्शन

शिक्षण शुल्क वृद्धिविरुद्ध विद्यार्थीको प्रदर्शन

काठमाडौं । काठमाडौंको बिजुली बजारमा रहेको चक्रवर्ती ल कलेजका विद्यार्थीहरूले शिक्षण शुल्क वृद्धिको विरोधमा प्रदर्शन गरेका छन् ।
बिहीबार काठमाडौंको माइतीघरमा उनीहरूले विद्यार्थीहरूबाट अनुचित रूपमा महङ्गो शुल्क लिए पनि कुनै सुविधा नपाएको भन्दै विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागी विद्यार्थीहरूले ुविद्यार्थीमाथि दमन गर्न पाइँदैनु, विद्यार्थीलाई लुट्न पाइँदैनु लगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

कलेजले १० लाख ७० हजार फि लिएपछि त्यही अनुसार सेवा सुविधा दिनुपर्ने वा फि घटाउनुपर्ने माग राख्दा कलेजले निष्कासन गर्ने धम्की दिएको विद्यार्थीहरूको भनाइ छ ।

उनीहरूले चक्रवर्ती ल कलेजमा पढिरहेका ३०० विद्यार्थीमध्ये ३० जनालाई छात्रवृत्ति दिनुपर्ने भए पनि कलेजले १० जनालाई मात्रै छात्रवृत्तिमा पढाइरहेको र २० जनाको फि कलेजले खाइरहेको आरोप लगाएका छन् । यसअघि पनि शिक्षण शुल्क वृद्विको विरोधमा उक्त कलेजका विद्यार्थीहरूले आन्दोलन गरेका थिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com