२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

आज प्रतिनिधिसभाको बैठक बस्दै, कार्यसूचीमा परेन एमसीसी

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । बैठक दिउसो १ बजे बस्ने पक्का भएको हो ।

आज बस्ने प्रतिनिधिसभाको बैठकमा एमसीसी टेबुल गर्ने चर्चा रहेपनि संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूचीमा भने परेको छैन । यद्यपि सभामुख अग्निप्रसाद सापकोटाले संसदको कार्यव्यवस्था समितिको बैठक संसद बैठकअघि नै बोलाएका छन् । उक्त बैठकले एमसीसी टेबुल गर्नेबारे निर्णय गर्नसक्ने आकलन पनि गरिएको छ ।

त्यस्तै सत्ता गठबन्धनको बैठक पनि आजै बिहान १० बजे बस्ने भएको छ । सत्ता गठबन्धनले पनि एमसीसीबारे महत्वपूर्ण निर्णय गर्ने आशा गरिएको छ ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले आदिवासी जनजाति आयोगको प्रतिवेदन आव २०७७/०७८ पेस गर्ने सम्भावित कार्यसूचीमा परेको छ ।

उता प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने लामो समयदेखि संसद अबरुद्ध गर्दै आएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले अध्यक्ष ओलीसँग बालकोट पुगेर भेट गरेका थिए । उक्त भेटपछि प्रधानमन्त्री देउवाले महत्वपूर्ण कदम चाल्ने आंकलन गरिएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com