२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

प्रचण्ड गोरखा–२ बाट चुनाव लड्ने घोषणा

प्रचण्ड गोरखा–२ बाट चुनाव लड्ने घोषणा

जनसेवा न्युज डटकम संवाददाता

नेकपा माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई गोरखा क्षेत्र नम्बर २ मा उम्मेदवार बनाउने निर्णय गरेको छ । माओवादी स्रोतका अनुसार चितवन ३ छाडेर प्रचण्डलाई गोरखा २ मा उम्मेदवार बनाउने निर्णय गरेको हो ।

बाबुराम भट्टराईले यसअघि चुनाव जित्दै आएको गोरखा–२ बाट निर्वाचन नलड्ने घोषणा गरे लगत्तै माओवादी पदाधिकारी बैठकले गोरखा–२ मा अध्यक्ष प्रचण्डलाई उम्मेदवार बनाएको हो । प्रचण्डकी छोरी तथा भरतपुर महानगरकी मेयर रेनु दाहालले सामाजिक सञ्जालमा लेखेकी छन्, दुखदस् चितवनवासीका लागी दुर्भाग्य । स्तब्ध , भित्री बाहिरी षड्यन्त्रकारीहरूको नियत इतिहासले पक्कै उजागर गर्नेछ।

२०६४ सालमा रोल्पा–२ र काठमाडौँ–१० वाट निर्वाचित प्रचण्ड, २०७० को निर्वाचनमा काठमाडौँ–१० वाट पराजित हुँदा सिरहा–५ वाट विजयी भएका थिए भने २०७४ मा चितवन–३ बाट विजयी भएका थिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com