चुनावी सभालाई सम्बोधन गर्न विराटनगर जाँदै : प्रधानमन्त्री देउवा

चुनावी सभालाई सम्बोधन गर्न विराटनगर जाँदै : प्रधानमन्त्री देउवा
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आज विराटनगर जाने भएका छन् । नेपाली काँग्रेसका सभापतिसमेत रहेका देउवा विराटनगरमा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्न त्यसतर्फ जाने भएका हुन् ।
मोरङको विराटनगर महानगरपालिकाको मेयर पदका लागि गठबन्धनको साझा उम्मेदवारको रुपमा नेपाली काँग्रेसका नागेश कोइराला उम्मेदवार छन् ।
सोही उम्मेदवारका लागि मत माग्नका आज विराटनगरमा विशाल चुनावी सभा आयोजना गरिएको छ । सभापति देउवासँगै चुनावी सभा सम्बोधनका लागि वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री विश्वप्रकाश शर्मा पनि विराटनगर जाने कार्यक्रम छ ।
नेपाली काँग्रेसले एक साता लामो देशव्यापी चुनावी अभियान थालेको छ । उसले देशभरीको प्रमुख १० शहरहरुमा चुनावी कार्यक्रम गर्ने तय भइसकेको छ ।



