२०८१ बैशाख १३ - Thu Apr, 2024 -

Janasewa News

टि२० विश्वकप छनोट : आज ओमानसँग भिड्दै नेपाल

काठमाडौं । आइईसीसी टि–२० विश्कप अन्तर्गत ग्लोबल छनोट खेलमा आजदेखि सुरु हुँदैछ । समूह बी अन्तर्गत आज नेपालले पहिलो खेल घरेलु टोली ओमानसँग खेल्दैछ । खेल नेपाली समयअनुसार माध्यान्न ११ः ४५ मा हुने छ ।

दोस्रो पटक आईसीसी टि(२० विश्वकप खेल्ने लक्ष्यसहित नेपाल मैदानमा उत्रिने छ । ग्लोबल क्वालिफायरबाट शीर्ष दुईभित्र परेर नेपाल आउँदो अक्टोबरमा अष्ट्रेलियामा हुने टि–२० विश्वकमा स्थान बनाउने लक्ष्यमा रहेको छ ।

नेपाल, ओमानम, क्यानडा र फिलिपिन्स समूहमा बीमा रहेका छन् भने आयरल्यान्ड, युएई, बहराइन र जमर्नी समूह ए मा छन् ।

हरेक समूह शीर्ष दुई दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । ८ देशबीच हुने प्रतिस्पर्धाबाट फाइनल पुग्ने दुई टोलीले आगमी अक्टोबर नोभेम्बरमा अष्ट्रेलियामा हुने टि–२० विश्वकप खेल्न पाउने छन् ।

यसअघि चारदेशीय सिरिज खेलमा नेपालले ओमानलाई ६ विकेटले पराजित गरेको थियो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com