२०८१ बैशाख २६ - Wed May, 2024 -

Janasewa News

अमेरिकाले नेपालमा दिएको कुटनीतिक दबाबको प्रतिरोध गर्छौँ : चीन

चिनियाँ परराष्ट्र प्रवक्ता वाङ् वेनविन

चीनले अमेरिकी सहयोग एमसीसी पारित गर्न नेपाललाई कुटनीतिक दबाब दिइरहेको आरोप लगाएको छ ।

चीनको परराष्ट्र मन्त्रालयले बेइजिङमा पत्रकार सम्मेलन गरी एमसीसीमार्फत अमेरिकाले कुटनीतिक दबाब दिइरहेको आरोप लगाउँदै आफूले प्रतिरोध गर्ने बताएको चिनियाँ सञ्चारमाध्यम ग्लोबल टाइम्सले जनाएको छ । चिनियाँ परराष्ट्र प्रवक्ता वाङ् वेनविनले अमेरिकाले नेपालसँगको सहकार्यको नाममा कुटनीतिक दबाब सुरु गरेको भन्दै नेपालको छिमेकी देश र विकास साझेदार देश भएको नाताले नेपाली नागरिकले आफ्नो स्वतन्त्र विकासको बाटो छान्न चीनले समर्थन गर्ने बताउनुभयो ।

नेपालले आफ्नो विकासको स्वतन्त्र बाटो रोज्न सक्ने र साझेदार चयन गर्नसक्ने पनि चिनियाँ परराष्ट्र प्रवक्ता वाङ् वेनविनले बताउनुभएको खबरमा उल्लेख छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com