२०८१ बैशाख ११ - Tue Apr, 2024 -

Janasewa News

सत्ता गठबन्धनको बैठक विना निष्कर्ष सकिए

काठमाण्डौ । अमेरिकी सहायता परियोजना एमसीसीको विषयमा छलफल गर्न बसेको सत्ता गठबन्धनको बैठक आज पनि विना निष्कर्ष सकिएको छ ।

एमसीसीका विषयमा सहमति खोज्नका लागि भन्दै बसेको बैठक निष्कर्षमा पुग्न सकेन । बैठक पर्सि फेरि बस्ने भएको छ । सत्ता गठबन्धनको हिजोको बैठकमा पनि सहमति जुट्न सकेको थिएन ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आजको संसद् बैठकमा एमसीसीलाई टेबल गर्ने तयारी गर्नु भएको छ । तर, संसद् सचिवालयले प्रकाशित गरेको सम्भावित कार्यसूचीमा बैठक दिउँसो १ बजे बस्ने संसद् बैठकमा एमसीसीसम्बन्धी एजेण्डाको विषय समावेश गरिएको छैन ।

सहमति नहुँदासम्म एमसीसीलाई अगाडि बढाउन सभामुख अग्नि सापकोटा पनि तयार नभएकाले आजको बैठकमा पनि एमसीसी टेबल हुने सम्भावना कम छ । एमसीसी अनुमोदन गर्न माओवादी केन्द्र र एकीकृत समाजवादीले सहयोग नगरेपछि प्रधानमन्त्री देउवालले एमालेसँग सहकार्य गर्न छलफल थाल्नु भएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com