२०८१ बैशाख १८ - Tue Apr, 2024 -

Janasewa News

बेलायतमा शक्तिशाली आँधीका कारण जनजीवन अस्तव्यस्त, तीनको मृत्यु

लन्डन । बेलायतमा शुक्रबार आएको तीन दशकयताकै ‘यूनिस’ नामको शक्तिशाली आँधीका कारण जनजीवन प्रभावित बनेको छ । आँधीका कारण तीन जनाको ज्यान गएको बीबीसीले जनाएको छ । मृत्यु हुनेमा ३० वर्षीया महिला, २० वर्षीय र ५० वर्षीय पुरुष रहेका छन् ।

१ सय २५ माइल प्रतिघण्टाको वेगमा आएको आँधीका कारण लन्डनका साथै पूर्वी र दक्षिण पूर्वी इंग्ल्याण्डका कयौँ क्षेत्र नराम्रोसँग प्रभावित भएका छन् । आँधीका कारण सयौँको सङ्ख्यामा उडानहरू तथा रेल सेवाहरू रद्द भएका छन् ।

पूर्वी लण्डनमा रहेको विश्वप्रशिद्ध ओटु एरीना भवनको छाना हावाले क्षतविक्षत बनाएको थियो । मिलिनियम डोमको रूपमा रहेको उक्त भवन सन् २००० खोलिएको थियो । सन् २००७ मा ‘ओटु’ नामकरण गरिएको सो भवनमा ठूला ठूला कन्सर्ट तथा स्पोर्टस इभेन्टको आयोजना हुने गरेको थियो । त्यहाँ सिनेमा लगायत अन्य थुप्रै पसल तथा रेष्टुरेन्टहरु सञ्चालन हुँदै आएका छन् । उक्त भवनका आर्किटेक्ट रिचार्ड रोजरको गत डिसेम्बरमा निधन भएको थियो ।

तीव्र गतिमा बहेको हावाका कारण कतिपय स्थानमा रुख र बिजुलीका खम्बाहरू ढलेका, सडकमा लरी पल्टिएका छन् । आँधीकै कारण बेलायतका करिब दुई लाख घरहरूमा विद्युत् सेवा अवरुद्ध भएको छ । सरकारले अति आवश्यक परेको खण्डमाबाहेक घरबाहिर ननिस्किन र अनावश्यक यात्राहरूलाई कटौती गर्न सर्वसाधारणलाई अपिल गरेको थियो ।

हावाको तीव्र वेगका कारण प्लेनहरू अनियन्त्रित भएका तस्बिर र भिडियोहरू निकै भाइरल बनेका छन् । सडक आसपासका कैयौँ रुखहरू ढलेर सवारी साधनलाई क्षति पुर्‍याएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com