२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

मधेस प्रदेशमा बालबालिका सबैभन्दा बढी असुरक्षित

मधेस प्रदेशमा वर्षभरिमा सबै भन्दा बढी बालबालिका सबैभन्दा असुरक्षित रहेको देखिएको छ भने मानव अधिकार उल्लङ्घन र ज्यादतीको घटनामा सात सय भन्दा बढी व्यक्ति पीडित भएको छ ।

शनिबार जनकपुरधाममा अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले मानव अधिकार वर्ष पुस्तक २०२२ सार्वजनिक गर्दा ०७७ पुस १७ देखि २०७८ पुस १६ सम्ममा ७ सय ५८ जना पीडित भएको इन्सेक मधेस प्रदेशको कार्यालयका प्रमुख राजु पासमानले जानकारी दिए ।

बलात्कारको घटनामा १५६ जना बालिका पीडित भएकाले सबै भन्दा बढी असुरक्षित रहेको छ । एक वर्षमा बाल अधिकारको घटना तर्फ १५६ जना बालिका र महिला तर्फ ७८ जना बलात्कृत भएका छन् । २०२१ मा सिरहामा सबैभन्दा बढी मानव अधिकार उल्लङ्घन भएको घटनामा व्यक्ति पीडित बनेका छन् । सिरहामा अन्य पक्षबाट १३१ व्यक्ति पीडित भए भने राज्य पक्षबाट पनि ५ जना पीडित भएको इन्सेकको तथ्याङ्कमा जनाइएको छ ।

त्यसै गरी धनुषामा १११ जना अन्य पक्षबाट पीडित बनेका हुन् भने १८ जना राज्य पक्षबाट पीडित छन् । सर्लाहीमा अन्य पक्षबाट ६६ र राज्य पक्षबाट ४०, सप्तरीमा अन्य पक्षबाट ८९ र राज्य पक्षबाट ७, रौतहटमा अन्य पक्षबाट ८५ र राज्य पक्षबाट ६ जना पीडित बनेका छन् ।

त्यस्तै पर्सामा अन्य पक्षबाट ८० र राज्य पक्षबाट १ जना पीडित बनेका छन् भने महोत्तरीमा अन्य पक्षबाट ४५ र राज्य पक्षबाट एकजना पीडित बनेका छन् । मानव अधिकार वर्ष पुस्तक २०२२ अनुसार २०२१ मा बलात्कारको २ सय ३४ वटा घटना घटेको इन्सेकको प्रतिवेदनमा उल्लेख छ । त्यसै गरी मधेस प्रदेशमा एक वर्षमा ५ जनाको कारागारमा मृत्यु भएको भने ७३ जनाको हत्या भएको समेत प्रतिवेदनमा उल्लेख गरिएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com