२०८० चैत्र १५ - Thu Mar, 2024 -

Janasewa News

पेट्रोलियम पदार्थको मूल्यवृद्धि, पेट्रोलको मूल्य पुग्यो १४५

काठमाडौं । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली अनुरुप निगमले पेट्रोल, डिजेल र मट्टितेलमा रु तीन वृद्धि गरेको हो । आज राति १२ बजेदेखि नयाँ मूल्य लागू हुने निगमले जनाएको छ ।

नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य रु १४५ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य रु १२८ कायम गरिएको छ । खाना पकाउने एलपी ग्यासको मुल्य भने यथावत राखिएको छ ।

अन्तर्राष्ट्रिय बजार मूल्य अनुरूप प्रति लिटर पेट्रोल रु ५।६१ ले बढेको, डिजेल रु ५।६२ ले बढेको र हवाई इन्धन रू ४।९५ ले बढेर आएको निगमले जनाएको छ । सोही अनुरुप निगमलाई १५ दिनमा करिब रू दुई अर्ब ४० करोड घाटा हुने अवस्था रहेका कारण मूल्य बढाउन बाध्य भएको निगमले विज्ञप्तिमार्फत जनाएको छ


Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com