२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

पाकिस्तानमा विगत २४ घण्टामा ३३ कोभिड सङ्क्रमितको मृत्यु

इस्लामावाद (पाकिस्तान) । पाकिस्तानमा गत २४ घण्टामा एक हजार ६४४ जनामा कोभिडको नयाँ सङ्क्रमण पुष्टि भएको र ३३ सङ्क्रमितको मृत्यु भएको सरकारी कार्यालयद्वारा जारी तथ्याङ्कमा उल्लेख छ ।

योसँगै पाकिस्तानमा कोभिडजन्य समस्या देखिएका ३० हजार नौ जनाको मृत्यु भएको पुष्टि भएको छ । ‘नेशनल कमाण्ड एण्ड अपरेशन सेन्टर (एनसीओसी)’ द्वारा सार्वजनिक गरिएको तथ्याङ्कले आइतबार महामारी सुरु भएदेखि आइतबारसम्ममा पाकिस्तानमा सङ्क्रमितको सङ्ख्या १५ लाखभन्दा बढी पुगेको देखाएको जियो न्यूजले उल्लेख गरेको छ ।

गत २४ घण्टामा यहाँ ४९ हजार ८६६ व्यक्तिको कोभिड परीक्षण गरिएको थियो । जसमध्ये एक हजार ६४४ जनामा सङ्क्रमण पुष्टि भएको छ । पाकिस्तानमा सङ्क्रमण दर ३.२९ प्रतिशत रहेको पछिल्लो तथ्याङ्कले देखाएको छ ।

यद्यपि सङ्क्रमण दर शुक्रबारभन्दा घटेको छ । शुक्रबार सङ्क्रमण दर ४.९२ प्रतिशत रहेको बताइएको थियो । एनसीओसीको तथ्याङ्कअनुसार गत २४ घण्टामा कोभिड सङ्क्रमित तीन हजार ६५३ जनालाई सङ्क्रमण निको भएको छ ।

पाकिस्तानमा कोभिडबाट सक्रिय सङ्क्रमित हुनेको सङ्ख्या ६७ हजार ६५८ पुगेको छ । तथापि, एक हजार ३८६ बिरामीहरूलाई अझै पनि गम्भीर उपचार केन्द्रमा उपचार गरिंदैछ ।

विशेष गरी, पाकिस्तान हाल कोरोनाभाइरसको घातक पाँचौं लहरको बीचमा छ र यहाँ हरेक दिन हजारौं नयाँ सङ्क्रमित भइरहेका रिपोर्टहरूमा जनाइएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com