२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

यो देश कानुनी शासनबाट चल्छ कि कुनै विदेशीको धम्कीको अगाडि लम्पसार परेर? : भीम रावल

काठमाण्डौ । प्रतिनिधि सभा बैठकमा बोल्ने सांसदहरूले अमेरिकी सहयोगा एमसीसी सम्झौता संसदमा पेस हुने विषयको विरोध गरेका छन् । आज आइतवारको प्रतिनिधि सभा बैठकमा बोल्ने सांसदहरूले एमसीसी सम्झौता संसदमा पेस हुन नहुने धारणा राखेका हुन् । सांसदहरूले एमसीसी सम्झौतामा राष्ट्रहित विरोधी प्रावधानहरू भएकाले संसदमा पेस गर्न नहुने बताएका हुन् ।

नेकपा (एमाले) का सांसद भीम रावलले एमसीसी सम्झौता संसदमा पेस हुनु नेपाली जनता र संसद्को अपमान हुनुभएको बताउनुभएको छ । उहाँले प्रतिपक्ष दलले संसद् अवरोध गरिरहेको र सत्तारुढ दलहरूका बीचमा समेत सहमति नजुटेको अवस्थामा एमसीसी पेस हुनु आपत्तिजनक भएको बताउनुभयो ।
नेता रावलले भन्नुभयो, ‘जुन विषय नेपालको स्वाधीनतासँग सम्बन्धित छ ।

नेपालको स्वाभिमानसँग सम्बन्धित छ । नेपालको आत्मनिर्णयको अधिकारसँग सम्बन्धित छ । यति गम्भीर विषयमा प्रमुख प्रतिपक्ष नेकपा९एमाले० ले संसद् अवरोध गरिरहेको, सरकारमा रहेका प्रमुख राजनीतिक दलहरूका बीचमा सहमति नभइरहेको अवस्थामा यसरी नेपाली जनताको भावना विपरीत टेबल गरिने कुरा अत्यन्त आपत्तिजनक छ ।

यो कुन कानुन अन्तर्गत राख्नुभाछ, यसका लागि सङ्घीय कानुन खोइ ? यो देश कानुनी शासनबाट चल्छ कि एउटा कुनै विदेशीको धाक, धम्कीको अगाडि लम्पसार परेर, नेपाली जनताको आवाजलाई कुल्चेर चल्छ । आफ्ना जनताको आवाज नसुन्ने, विदेशीहरूसँग डराउनुपर्ने त्रसित हुनुपर्ने तर्क दिएर । कतिपय देशमा यस्तै संसद्को निर्णयबाट देशका सिमानाहरू मेटिएका छन् ।

जसरी आज यो विषयलाई टेबल गरिदैँछ, जस्तो वातावरणमा टेबल गरिँदैछ । यो एकदमै आपत्तिजनक छ । यो स्वतन्त्र, स्वाधीन, सार्वभौम नेपाली जनताको अपमान हो । यो संसद्को अपमान हो ।’

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com