२०८१ बैशाख १८ - Tue Apr, 2024 -

Janasewa News

प्रधानमन्त्री देउवा शेरबहादुर देउवाले आइतबार संसद्मा पेश भएको एमसीसी पास हुने बताए

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार संसद्मा पेश भएको एमसीसी पास हुने बताएका छन् ।

आइतबार बसेको प्रतिनिधि सभाको बैठकबाट बाहिरिएका प्रधानमन्त्री देउवाले सञ्चारकर्मीसँगको कुराकानीमा संसद्मा पेश भएको एमसीसी पास हुने बताएका हुन् ।

संसद् भवनबाट बाहिरिएका उनलाई सञ्चारकर्मीले प्रश्न गरेका थिए,‘अब एमसीसी के हुन्छ ?’ जवाफमा प्रधानमन्त्री देउवाले भने, ‘अब पास हुन्छ ।’

संसद् बैठक बस्नुअघि आइतबार बिहान सत्ता गठबन्धनका शीर्ष नेताहरूबीच संसद्मा एमसीसी टेबल गर्ने सहमति भएको थियो । सहमतिअनुसार नै छलफलका लागि एमसीसी संसद्मा पेश गरिएको छ । तर, सत्तारुढ दल नेकपा माओवादी केन्द्र, नेकपा ९एकीकृत समाजवादी०लगायत दलहरूले संशोधन नगरी पास गर्न नसकिने अडान राख्दै आएका छन् ।

आइतबार विपक्षी दल नेकपा एमालेको अवरोध र सत्तारुढ गठबन्धनकै सांसदहरूको विरोधका बीच एमसीसी सम्झौता टेबुल भएको छ । त्यसो त बाहिर सडकमा एमसीसीविरूद्द आन्दोलन चर्किरहेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com