२०८३ बैशाख ३ - Thu Apr, 2026 -

Janasewa News

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी ( माओवादी ) को चुनाव चिह्न गुलाब

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी ( माओवादी )ले दल दर्ताको प्रमाणपत्र पाएको छ ।

निर्वाचन आयोगले सोमबार नेकपा माओवादीलाई दल दर्ताको प्रमाणपत्र दिएको हो । पार्टीको चुनाव चिह्न भने गुलाब रहेको छ ।

दल दर्ताको प्रमाणपत्र पाएपछि पत्रकारहरूसँग संक्षिप्त प्रतिक्रिया दिंदै विप्लवले नेपाल कम्युनिस्ट पार्टी माओवादी नयाँ अठोट, नयाँ विश्वास र नयाँ अभियानका साथ निर्वाचनमा जाने गरी दल दर्ता गराएको बताए ।

उनले भने, ‘दल दर्तासँगै नयाँ अभियान सुरु भयो । भोलिबाट हामी देशभरि नयाँ अभियानमा अघि बढ्ने छौं । पार्टी पंक्ति, नेपाली श्रमिक जनतालाई विशेष अपिल गर्न चाहन्छौं ।’

जनतानै इतिहासको निर्माता भएको भन्दै उनले भने, ‘आज पनि जनतामा भोलि पनि जनतामा । जनताले जुनबाटोबाट परिवर्तन सम्भव देख्छन् हामी तयार छौं ।’

चुनाव हुन्छ त भन्ने पत्रकारहरूको जिज्ञासमा उनले भने, ‘चुनाव एक दिन त हुन्छ नै । समाजवाद आए पनि चुनाव हुन्छ नै ।’

 

राष्ट्रिय सर्वपक्षीय अन्तरिम सरकार बन्यो भने सबै दलहरूलाई चुनावमा लिएर जान र नयाँ व्यवस्था निर्माण गर्न सकिन्छ निष्कर्ष आफ्नो दलको रहेको उनले सुनाए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com