२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको छः अध्यक्ष प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको बताएका छन् । बुधवार
नेकपा (माओवादी केन्द्र) को बागमती प्रदेश समितिको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गरी फर्किने क्रममा अध्यक्ष प्रचण्डले गठबन्धन र सरकार टुटाउने षड्यन्त्र भइरहेको बताएका हुन् । राजनीतिक परिवर्तनहरुलाई कमजोर पार्ने खतरा बढिरहेको उनको भनाइ छ ।

उनले परिवर्तनलाई कमजोर पार्ने खतरा भएपनि प्रतिक्रान्ति नै हुने भइसक्यो भन्नेचाहिँ सत्य नभएको स्पष्ट पारे उनले भने, ‘खतरा त बढेकै छ नि । यो परिवर्तन कुनै न कुनै रुपले कमजोर पार्ने, यो गठबन्धन टुटाउने, यो सरकार टुटाउने षड्यन्त्र त भइराखेकै छ नि । तर अहिले भर्खरै प्रतिक्रान्ति नै हुने भइसक्यो भन्ने कुरा चाहिँ होइन ।’

यस्तै अध्यक्ष प्रचण्डले बुधबार बिहान गृहमन्त्री बालकृष्ण खाँणसँग खुमलटारमा भेटवार्ता भएपनि प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट नभएको स्पष्ट पारे ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com