२०८१ बैशाख १७ - Mon Apr, 2024 -

Janasewa News

नेपाल बारको निर्वाचन चैत १९ गते

रासस

नेपाल बार एशोसिएशनको २६ औँ केन्द्रीय कार्यसमितिको निर्वाचन आगामी चैत १९ गते हुने भएको छ । बारले आज सार्वजनिक गरेको कार्यतालिकामा २५ सदस्यीय नयाँ कार्यसमितिका लागि निर्वाचन हुनेछ । बारको कार्यसमितिमा अध्यक्ष, सातै प्रदेशमा सात उपाध्यक्ष, एक महिला उपाध्यक्ष, एक महासचिव, कोषाध्यक्ष र १४ सदस्य रहने व्यवस्था छ ।

निर्वाचनमा देशभरका ९० बार इकाइबाट करिब ११ हजार सदस्य मतदानमा सहभागी हुने बारले जनाएको छ । वर्तमान बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठको नेतृत्वमा रहेको कार्यसमितिको तीनवर्षे पदावधि सकिन लागेको हुनाले नयाँ कार्यसमितिको निर्वाचन तय भएको हो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com