२०८१ बैशाख १२ - Wed Apr, 2024 -

Janasewa News

समूह विजेता बन्दै नेपाल टी–२० विश्वकप छनोटको सेमिफाइनलमा प्रवेश

नेपाल आईसीसी टी(२० विश्वकप छनोट​को सेमिफाइनल प्रवेश गरेको छ । सोमबार आफ्नो अन्तिम खेलमा क्यानडालाई ८ विकेटले पराजित गरेसँगै नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो । क्यानडाले दिएको ८१ रनको लक्ष्य नेपालले २ विकेट खर्चेर ३५ बल बाँकी रहँदै भेट्टायो ।

समूह चरणको अन्तिम खेलमा यसअघि क्यानडाले नेपालसामू ८१ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको थियो । ओमानको अल अमेरत क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा आएको क्यानडाले १५ ओभरमा सबै विकेट गुमाएर ८० रनको योगफल तयार पारेको हो ।

क्यानडाका दुई ब्याटरले मात्र दोहोरो अंकमा रन जोड्न सके । क्यानडाका डिलोन हेलिगरले सर्वाधिक २३ रन बनाए । यस्तै कप्तान नभनित धनिवालले १८, ओपरन रायान पठानले १४ रनको योगदान गरे ।

क्यानडालाई सस्तैमा समेट्न नेपालका कप्तान सन्दीप लामिछानेले सर्वाधिक तीन विकेट लिए । चार ओभर बलिङ गरेका सन्दीपले १२ रन खर्चिए ।

यस्तै, कमलसिंह ऐरी र अभिनाश बोहराले समान दुई विकेट लिए । नेपाल को विजेता बन्दै सेमिफाइलनमा प्रवेश गरेको हो । छनोटका समूह ‘ए’ बाट आयरल्यान्ड र संयुक्त अरब इमिरेट्स ९यूएई० सेमिफाइलनमा प्रवेश गरिसकेका छन् । अब नेपालले सेमिफाइनलमा भोलि युएईसँग प्रतिस्पर्धा गर्नेछ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com