२०८१ बैशाख १३ - Thu Apr, 2024 -

Janasewa News

नेपालले साफ यू–१९ महिला फुटबल च्याम्पियनसिपको तेस्रो खेलमा

जनसेवा न्यूज

काठमाण्डौँ । सुरुआती दुई खेलबाट ४ अंक जोड्दै उपाधि यात्रा कायम राखेको नेपालले साफ यू–१९ महिला फुटबल च्याम्पियनसिपको तेस्रो खेलमा शुक्रबार भुटानको सामना गर्दैछ । बंगलादेशको ढाकामा हुने खेल नेपाली समय अनुसार साँझ पौने ७ बजे सुरु हुनेछ । भुटानविरुद्ध मैदानमा उत्रँदा नेपाल दोस्रो जितको खोजीमा हुनेछ । फाइनल प्रवेशको सम्भावना कायम राख्न नेपाललाई भुटानविरुद्ध जितको विकल्प छैन ।

भुटान समेत नेपालसँगको हारले उपाधि होडबाट बाहिर रहनेछ । ५ टोली सहभागी प्रतियोगिताको शीर्ष २ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा लगातार दुई खेल जितेको भारत ६ अंकसहित शीर्ष स्थानमा छ । ४ अंक जोडेका बंगलादेश र नेपाल क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् ।

भुटानले तीन खेलबाट ३ अंक जोडेको छ । लगातार तीन खेलमा हारसहित १६ गोल बेहोरेको श्रीलंका एक खेलअघि नै उपाधि होडबाट बाहिरिसकेको छ । पहिलो खेलमा नेपाल आयोजक बंगलादेशसँग गोलरहित बराबरी रोकिएको थियो भने दोस्रो खेलमा श्रीलंकालाई ६–० ले पराजित गरेको थियो । पहिलो खेलमा श्रीलंकालाई ५–० ले पराजित गरेको भुटान दोस्रो खेलमा बंगलादेशसँग ६–० ले हारेको थियो।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com