२०८१ बैशाख १५ - Sat Apr, 2024 -

Janasewa News

जर्मनीविरुद्धको खेल अघि इंग्ल्यान्डका समर्थक पक्राउ

जर्मनीविरुद्धको खेल अघि इंग्ल्यान्डका समर्थक पक्राउ

नेसन्स लिग फुटबल अन्तर्गत इंग्ल्यान्ड र जर्मनीबीचको खेल अघि इंग्ल्यान्डका समर्थकहरु पक्राउ परेका थिए । स्काइस्पोर्टसले जनाए अनुसार इंग्ल्यान्डका ७ समर्थक पक्राउ परेको जनाएको छ । खासमा उनीहरुले दोस्रो विश्वयुद्धलाई लिएर जर्मनीविरुद्ध नारा लगाउनुका साथै गीत समेत गाएको आरोप छ ।

सातै जनामाथि जर्मन प्रहरीलाई दुर्व्यवहार गरेको, प्रहरी अधिकारीलाई कुटपिट गरेको, नाजी सलामी दिएको तथा होटलको कोठामा पाइरोटेक्निक राखेको जस्ता आरोप समेत लगाइएको छ ।

यसैबीच जर्मनीको एलियन्ज एरेनामा मंगलबार राति भएको खेलमा इंग्ल्यान्ड र जर्मनीले ११ गोलको बराबरी खेलेका छन् । ​होफम्यानले ५० औं मिनेटमा जर्मनीलाई अग्रता दिलाएपनि इंग्ल्यान्डका ह्यारी केनले ८८ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै खेललाई बराबरीमा ल्याए ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com