२०८१ बैशाख २२ - Sat May, 2024 -

Janasewa News

कोहलपुर नगरपालिका मा ट्रकले च्यापिएर प्रहरी जवानको मृत्यु

बाँकेको कोहलपुर नगरपालिका–११ स्थित कोहलपुर चौराहामा आइतबार राति ट्रक पल्टिदा च्यापिएर डियुटीमा खटिएको प्रहरी कर्मचारीको मृत्यु भएको छ । मृत्यु हुनेमा प्रहरी चौकी खडैचा दरबन्दी भई हाल ईलाका प्रहरी कार्यालय बाँकेमा कार्यरत ३६ बर्षीया प्रहरी जवान कविता वीसी रहेकी छन् ।

शम्सेरगंजबाट कौशिलानगर बाँके तर्फ जाँदै गरेको ना३ख ६४३६ नम्बरको ट्रक कोहलपुर चौराहामा मोड्ने क्रममा पल्टिदा बीसी च्यापिएकी थिइन् । घाइते भएकी वीसीको उपचारको क्रममा कोहलपुर स्थित नेपालगन्ज मेडिकल कलेजमा आइतबार राति सवा १० बजे मृत्यु भएको हो ।

गएराती १० बजे भएको सवारी दुर्घटनालगतै फरार भएका ट्रक चालकको खोजी भइरहेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com