बालेनको प्रस्ताव( महानगरभित्रका रेष्टुरेण्टका शौचालयलाई नै सार्वजनिक बनाइने

बालेनको प्रस्ताव( महानगरभित्रका रेष्टुरेण्टका शौचालयलाई नै सार्वजनिक बनाइने
काठमाडौं । काठमाडौं महानगरपालिकाभित्रका रेष्टुरेण्टहरुमा रहेका शौचालयलाई सार्वजनिक शौचालय बनाउने प्रस्ताव महानगर कार्यपालिकामा गरिएको छ ।
काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहले महानगरभित्र रहेका रेष्टुरेण्टमा रहेका शौचालयलाई सर्वसाधारणले सहज र निःशुल्क प्रयोग गर्न पाउने व्यवस्था गर्ने प्रस्ताव गरेका हुन् ।
कार्यपालिकाको जारी बैठकमा प्रस्ताव पेश गर्दै शाहले केही रेष्टुरेण्ट व्यवसायीहरुसँग अनौपचारिक छलफलका क्रममा आफूले सकारात्मक प्रतिक्रिया पाएको बताए ।
शाहको प्रस्तावअनुसार महानगरको प्रस्तावमा सहमत रेष्टुरेण्टहरुमा शौचलय प्रयोग गर्न सकिने संकेत बोर्ड राखिनेछ । रेष्टुरेण्टमा अन्य सेवा नलिएको सर्वसाधारणले पनि शौचालय प्रयोग गर्न पाउने गरी व्यवस्था हुने शाहको भनाइ छ । उनले महानगरले सार्वजनिक स्थलमा शौचालय निर्माणको क्रमलाई पनि निरन्तरता दिने बताए ।