२०८१ बैशाख २४ - Mon May, 2024 -

Janasewa News

च्यासल युथ क्लब ‘बी’ डिभिजन मा घटुवा

काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा यस सिजन घटुवा हुने दुई टोलीमध्ये एक टोलीको टुंगो लागिसकेको छ । ​रेलिगेसन ब्याटलका रूपमा हेरिएको खेलमा शनिबार फ्रेन्डस क्लबलाई नतिजा सुम्पिएपछि च्यासल युथ क्लब ‘बी’ डिभिजन मा घटुवा भएको थियो ।

च्यासलमाथिको जितले फ्रेन्डसले रेलिगेसन टार्ने सम्भावना बलियो पारेको थियो । तर आइतबार रेलिगेसनको डरमा रहेको जावलाखेल युथ क्लबले सो संकट टारेपछि १२औं स्थानको फ्रेन्डस र १३औैं स्थानको ब्रिगेड ब्वाइज क्लब (बीबीसी) मध्ये एक टोली रेलिगेसनमा पर्ने भएका हुन् ।

सोमबार सातदोबाटोसँग पराजित भएमा बीबीसीको ‘ए’ डिभिजन लिग हैसियत समाप्त हुनेछ । सातदोबाटोसँग अंक बाँडेमा भने बीबीसीको ‘ए’ डिभिजनमा रहिरहने झिनो सम्भावना कायम रहनेछ ।

तर प्रदर्शन र नतिजा हेर्ने हो भने सातदोबाटो बीबीसीमाथि हाबी हुन सक्छ । पहिलो पटक ‘ए’ डिभिजनमा प्रतिस्पर्धा गरेको सातदोबाटोले आफूलाई यस लिगको जायन्ट किलरको रूपमा स्थापित गर्ने क्रममा मनाङ, थ्री स्टार र नेपाल पुलिस क्लबलाई हराइसकेको छ ।

सातादोबाटो ११ खेलमा १५ अंकसहित सातौँ स्थानमा छ । १२औं स्थानको फ्रेन्डसको १२ खेलमा १० अंक छ भने १३औं स्थानको बीबीसीको ११ खेलमा सात अंक रहेको छ ।

अन्तिम खेलमा फ्रेन्डसले हिमालयन शेर्पाविरुद्ध खेल्ने छ भने बिबिसीले थ्री स्टार क्लबको सामना गर्नेछ ।

बीबीसीलाई ‘ए’ डिभिजनमा रहिरहन सोमबार सातदोबाटोमाथिको जित पनि पर्याप्त नहुन सक्छ । त्यसका लागि बीबीसीले १३औं चरणमा हिमालयन शेर्पासँग फ्रेन्डसको हारको कामना गर्नुपर्नेछ र अन्तिम खेलमा पनि थ्री स्टारविरुद्ध कम्तीमा एक अंक जोड्नुपर्नेछ ।
बीबीसीका प्रशिक्षक सानोज श्रेष्ठ भने १०औं चरणमा फ्रेन्डसलाई नतिजा सुम्पिएपछि टोली रेलिगेसनको दबाबमा आएको बताउँछन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com