२०८१ जेष्ठ ७ - Mon May, 2024 -

Janasewa News

औवामियाङको ह्याट्रिकमा बार्सिलोनाको सानदार जित

एजेन्सी

पिएरे इमरिक औवामियाङले ह्याट्रिक गरेपछि बार्सिलोनाले स्पेनिस ला लिगामा सानदार जित निकालेको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले भ्यालेन्सियालाई उसैको मैदानमा ४–१ गोलले हरायो ।

बार्सिलोनाको जितमा औवामियाङले ह्याट्रिकसँगै अर्को गोल फ्रान्की डि जोङले गरे । भ्यालेन्सियाका कार्लोस सोलेरले एक गोल फर्काए । २३औँ मिनेटमा औवामियाङले जोर्डी अल्वाको पासमा गोल गर्दै पाहुना टोलीको उत्साह जगाए । ३२औं मिनेटमा फ्रान्की डि जोङले औसमाने डेम्वेलेको पासमा गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाए ।

३८औं मिनेटमा औवामियाङले गाभीको पासमा व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनाको अग्रता थप बलियो बनाए । ५२औं मिनेटमा सोलेरले गोल गर्दै भ्यालेन्सियालाई खेलमा फर्काउने प्रयास गरे । तर ६३औं मिनेटमा औवामियाङले पेड्रीको पासमा ह्याट्रिक पूरा गरेपछि बार्सिलोनाले फराकिलो जित निकालेको थियो । ६४ प्रतिशत बल पोसेसन राखेको बार्सिलोनाले खेलभर घरेलु टोलीलाई दबाबमा राख्यो । औवामियाङ ‘म्यान अफ दि म्याच’ भए ।

जितसँगै बार्सिलोना चौथो स्थानमा उक्लिएको छ । बार्सिलोनाले २४ खेलबाट ४२ अंक बनाएको छ । समान ४२ अंक बनाएको साविक विजेता एट्लेटिको म्याड्रिड गोल अन्तरका आधारमा पाँचौं स्थानमा छ । पराजित भ्यालेन्सिया ३० अंक सहित १२औं स्थानमा छ ।

आइतबार रातिनै भएको अर्को खेलमा दोस्रो स्थानको सेभिया स्पान्योलसँग १–१ गोलको बराबरीमा रोकिएको छ । १० खेलाडीमा समेटिएको सेभियाले सुरुवाती गोल गरेपनि जोगाउन सकेन । राफा मिरले ३६औं मिनेटमा गोल गर्दै सेभियालाई अग्रता दिलाए ।

स्पान्योलका सर्गी डारडेरले ५०औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । मिनेटमा जुलेस कोउनडे रातो कार्ड पाउँदै बाहिरिएपछि सेभिया १० खेलाडीमा समेटिएको थियो । स्पान्योलले त्यसको फाइदा उठाउन भने सकेन ।

बराबरीसँगै दोस्रो स्थानमा यथावत रहेको सेभियाको २५ खेलबाट ५१ अंक छ । सेभिया शीर्षटोली रियल म्याड्रिडभन्दा ६ अंकले पछाडि छ । रियलको ५७ अंक छ । २९ अंक बनाएको स्पान्योल १४औं स्थानमा छ । अर्को खेलमा रियल बेटिसले मालोर्कालाई २–१ गोलले हरायो । जितसँगै तेस्रो स्थानमा रहेको बेटिसको २५ खेलबाट ४६ अंक पुगेको छ । पराजित मालोर्का २६ अंक सहित १६औं स्थानमा छ ।

घरेलु मैदानमा एथलेटिक बिल्बाओले रियल सोसिडाडलाई ४–० गोलले पराजित गरेको छ । जितसँगै ३७ अंक बनाएको बिल्बाओ आठौं स्थानमा छ । पराजित सोसिडाड ३८ अंक सहित सातौं स्थानमा छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com