२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

कोभिडका कारण स्वास्थ्य क्षेत्रमा सुधार आयो : स्वस्थ्यमन्त्री खतिवडा

वीरगंज । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले कोभिडका कारण स्वास्थ्य क्षेत्रले बढी प्राथमिकता पाएको बताएका छन् ।

वीरगंजस्थित नारायणी अस्पताल परिसरमा निर्माण हुन गइरहेको ईमरजेन्सी भवन, कोभिड -१९ डेडिकेटेड भवनको शिलन्यास र क्याथ ल्याबको उदघाट्न कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

मन्त्री खतिवडाले विगतमा स्वास्थ्य क्षेत्रमा कुल बजेटको ५ प्रतिशत मात्र बजेट छुट्याउने गरेकोमा पछिल्लो समय ८ प्रतिशतभन्दा बढी बजेट विनियोजन भएकाले ठूलाठूला भौतिक संचरना, ल्याव तथा प्रतिष्ठानहरु निर्माण गर्न लागिएको बताए ।

उनले सरकारले स्वास्थ्य क्षेत्रलाई वडासम्म पुर्याउने उदेश्य लिएको बताए । विभिन्न प्रदेशमा अस्पताल तथा मेडिकल कलेजहरु संचालन गर्ने सरकारको उदेश्य भएको पनि उनले बताए ।

एमसीसीको सन्दर्भमा मन्त्री खतिवडाले संसदको निर्णय नै मान्ने बताए । आइतबार संसदमा छलफलका लागि एमसीसी पेस भएकोले बहुमतको निर्णयलाई स्विकारेर अघि बढ्ने उनको भनाइ थियो ।

साथै उनले खोप लगाउन छुटेकाहरुलाई खोप लगाउन तथा खोप लगाएको ५(६ महिना वितेकाहरुलाई ‘बुस्टर’ डोज लगाउन आग्रह गरे ।

नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। वीरेन्द्र बहादुर प्रधानले अस्पतालमा कर्मचारीको अभाव भएकोले सेवाग्राहीलाई सोचे जस्तो सेवा प्रदान गर्न नसकेको बताए ।

उनले संगठन र व्यवस्थापनको सर्वेक्षणको प्रतिवेदन मन्त्रालयमा पेश गरिसेकोले सो प्रतिवेदन स्विकृत गरी समस्याको समाधान गरी दिन स्वास्थ्य मन्त्री विरोध खतिवडालाई आग्रह गरे ।

अस्पताल विकास समितिका अध्यक्ष पुरेन्द्रकिशोर लाभको सभापतित्वमा भएको कार्यक्रममा सांसद पुष्पा कर्ण, नेकपा समाजवादीका केन्द्रिय सचिव नागेन्द्र चौधरी, रामचन्द्र साहलगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com