२०८१ बैशाख २३ - Sun May, 2024 -

Janasewa News

सामाजिक जीवनलाई अवरोध पुर्‍याउने काम नगर्न गृहमन्त्रालयको ध्यानाकर्षण

काठमाडौं । गृहमन्त्रालयले हालका दिनमा केही समूहबाट सडक प्रदर्शन गर्ने र सामाजिक जीवनलाई अवरोध पुर्‍याउने काम भइरहेको भन्दै त्यसतर्फ गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै आन्दोलनका नाममा सार्वजनिक तथा निजी सम्पत्तिमा तोडफोड गर्ने र हिंसाजन्य गतिविधिबाट नागरिकको स्वतन्त्रतापूर्वक जिउने हकमा बाधा पुर्‍याउने कार्य भइरहेको जनाउँदै त्यस किसिमका कार्य नगरी दिन सम्बन्धित सबैमा ध्यानाकर्षण गराएको हो ।

“पूर्वप्रधानमन्त्री चढेको सवारी साधनमा अवरोध पुर्‍याउने र ढुङ्गा प्रहार गर्नेसम्मको हर्कत देखिएको भन्दै मन्त्रालयले त्यस्ता हिंसात्मक कार्यप्रति नेपाल सरकार भत्र्सना गर्दछ र त्यस्ता घटनामा संलग्न व्यक्ति छानबिनको क्रममा समेत रहेको स्पष्ट पारेको छ”, विज्ञप्तीमा उल्लेख छ । साथै यस्ता प्रकृतिका घटनाको सरकारले गम्भीरतापूर्वक निगरानी गरिरहेको मन्त्रालयले जनाएको छ ।

यही फागुन ८ गते आफ्नो निवासबाट संसद् भवन आउने क्रममा पूर्वप्रधानमन्त्री चढेको सवारी साधनमा एमसीसीको विरोधमा प्रदर्शनकारीले सवारीमा ढुङ्गा प्रहार गरेका थिए ।

जनताको प्रतिनिधिमूलक संस्था संसद्लाई लक्षित गरी माननीय सांसदलाई समेत संसद् भवनमा आवागमनका क्रममा अवरोध गर्ने र अपमान गर्ने गतिविधि देखिएको मन्त्रालयले जनाएको छ ।

सरकार नागरिकको जीउधनको सुरक्षा गर्न सदैव तत्पर रहेको तथा संवैधानिक र कानूनी हकको उपयोग गर्दै शान्तिपूर्ण प्रदर्शनप्रति सरकार र सुरक्षाकर्मीबाट उच्च संयमता अपनाइएको विज्ञप्तीमा जनाइएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com