२०८१ बैशाख २१ - Fri May, 2024 -

Janasewa News

बंगलादेशमा लकडाउन अब नलम्ब्याइने

एजेन्सी । बंगलादेशले कोभिड १९ का विरुद्धमा लगाइरहेका प्रतिबन्धहरु अब नलम्ब्याउने जनाएको छ । यहाँको मन्त्रिपरिषदका सचिव खाँदकर अनवारुलले आइतबार सो कुराको जानकारी दिनुभएको हो ।

उहाँले अब बंगलादेशमा यसअघिदेखि लगाउँदै आएका प्रतिबन्धहरुको समय नथप्ने जानकारी दिनुभएको हो ।

बंगलादेशमा कोभिड महामारीको तेस्रो लहर ओमिक्रोन भेरियन्ट आएसँगै प्रतिबन्धहरु लगाएको थियो । विद्यालय, विश्वविद्यालयहरु देखि होटलहरु बन्द गर्ने देखि लिएर सार्वजनिक स्थलमा उपस्थित हुन नपाइनेसम्मका प्रतिबन्धहरु लगाइएको छ ।

ती प्रतिबन्धहरुको समय यही फेब्रुअरी २२ सम्म रहेको र अब त्यसलाई थप नलम्ब्याउने निर्णय सरकारले गरेको जानकारी उहाँले दिनुभयो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com