२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

वरिष्ठ लोकगायक कलाकार जयनन्द लामाको निधन

जनसेवा न्युज संवाददाता

वरिष्ठ लोकगायक जयनन्द लामाको निधन भएको छ । बुधबार बिहान क्तपुरस्थित कौशलटारमा लामाको निधन भएको हो। कालाकार कृष्ण मल्लका अनुसार आज विहान २ बजे घर अगाडि गाडीबाट ओर्लिने क्रममा लामा लडेका थिए । सोही क्रममा उनको निधन भएको मल्लले रातोपाटीलाई जानकारी दिए ।

सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका– २ धार्पाका लामाले एक सयभन्दा बढी चलचित्रमा अभिनय गरेका थिए । उनले कयौं टेलिश्रृंखलामा पनि अभिनय गरेका थिए ।

लामाले २०३० सालमा मनको बाँध चलचित्रमा पहिलो पटक अभिनय यात्रा सुरू गरेका थिए। लामाका​कलकत्ते काइँयो, मुलाको चानालगायतका गीत नेपाली संगीत बजारमा चर्चित छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com