२०८१ बैशाख २० - Thu May, 2024 -

Janasewa News

वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठग्ने महिला पक्राउ

चितवन । वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ३८ जनालाई ठगेको आरोपमा चितवन प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । ३८ जना व्यक्तिसँग ४५ लाख ७५ हजार रुपैयाँ ठगेको आरोपमा पूर्वी चितवनको खैरहनी नगरपालिका–७ सुर्तना बस्ने ३८ वर्षीय मिना चौधरी सोमबार पक्राउ परेकी हुन् ।

आरोपित व्यक्तिले विदेशमा आफूले चिनेजानेको तथा आफन्त भएको र कम रकममा भिसा मगाई विदेश पठाइने दिने भन्दै विभिन्न व्यक्तिसँग रकम ठगेको पाइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक नरहरी अधिकारीले जानकारी दिए ।

‘वैदेशिक रोजगारमा राम्रो कमाई हुन्छ । मेरो चिनजानका तथा आफन्त मार्फत भिसा मगाइ कम रकममा नै विदेश पठाई दिन्छु भनी विश्वास दिलाई प्रलोभनमा पारी विभिन्न व्यक्तिलाई ठगेको भन्ने सूचनाका आधारमा पक्राउ गरेका हौं’, उनले भने । आरोपितविरुद्ध चितवन जिल्ला अदालतमा ठगी मुद्दामा म्याद अनुमति लिई थप अनुसन्धान गर्ने काम भइरहेको उनले बताए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com