२०८१ बैशाख ८ - Sat Apr, 2024 -

Janasewa News

गायक तथा अभिनेता लामाको निधनमा प्रधानमन्त्री देउवाद्वारा दुःख व्यक्त

जनसेवा न्युज संवाददाता

प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले लोकगीत संकलक, गायक तथा अभिनेता जयनन्द लामाको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

काँग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज बुधबार एक विज्ञप्ति जारी गर्दै लामा निधनप्रति देउवाले दुःख व्यक्त गरेको उल्लेख गरेका छन् । देउवाले लामाको निधनबाट मुलुकले गीत संगीत, चलचित्र एवं हास्य क्षेत्रका एक असल साधकलाई गुमाएको बताए ।

नेपालको सांस्कृतिक क्षेत्रको श्रीवृद्धिमा लामाले पुर्याएको योगदान सदा स्मरणीय रहने विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com