२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउले भेटे प्रधानमन्त्री देउवालाई

चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउले भेटे प्रधानमन्त्री देउवालाई

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओबीच भेटवार्ता भएको छ ।

आइतबार बिहान चार दिने भ्रमणका लागि नेपाल आएका लिउ प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका हुन् ।

अहिले बालुवाटारमा दुईबीच कुराकानी भइरहेको बताइएको छ । प्रधानमन्त्री देउवासँग भेटघाटपश्चात् लिउ परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ता गर्ने छन् । सोमबार बिहान लिउ सुन्दरीजल क्षेत्रको भ्रमणमा निस्कने कार्यक्रम रहेको छ । सुन्दरीजलको भ्रमणलगत्तै लिउ ओलीलाई भेट्न बालकोटमा जाने छन् ।

यससँगै लिउले राष्ट्रपति विद्यादेवी भण्डारी, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेता झलनाथ खनालसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com