२०८१ बैशाख २१ - Fri May, 2024 -

Janasewa News

चीन र अमेरिकी विदेशमन्त्रीबीच फोनवार्ता

एजेन्सी । चीन र अमेरिकी विदेशमन्त्रीबीच फोनवार्ता भएको छ । उहाँहरुका बीचमा मंगलबार फोनमा कुराकानी भएको चिनियाँ विदेशमन्त्रालयको विज्ञप्तिमा जनाइएको छ ।

चिनियाँ विदेशमन्त्री वाङ यी र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनबीचमा फोनमा कुराकानी भएको र उहाँहरुका बीचमा समसामयिक विश्व राजनीतिका बारेमा कुराकानी भएको सो विज्ञप्तिमा जनाइएको छ ।

त्यस क्रममा उहाँहरुका बाीचमा खासगरी युक्रेनमा पछिल्लो समयमा देखिएको अवस्थाका बारेमा कुराकानी भएको थियो । अमेरिकी विदेशमन्त्री ब्लिन्केनले कुराकानीका क्रममा अमेरिकाले रुसले युक्रेनमाथि आक्रमण गर्ने सूचना पाएको भन्दै अमेरिका त्यसको विरुद्धमा रहेको बारेमा आफ्नो धारणा राख्नुभएको बताइएको छ ।

पछिल्लो समयमा युक्रेनमा रुसले आक्रमण गर्नसक्ने भन्दै त्यसको अमेरिकाले त्यसको व्यापक विरोध गरेको छ । युक्रेनको पूर्वी क्षेत्रमा रुसले ठूलो संख्यामा सेना तैनाथ गरेको बताइएको छ । तर रुसले अहिले युक्रेनमा हमला गर्ने समाचारको भने खण्डन गर्दै आएको छ ।

अमेरिका, बेलायतलगायतका पश्चिमा देशहरुले भने रुसले युक्रेनमा हमला गर्न लागेको भन्दै त्यहाँबाट आफ्ना नागरिक फिर्ता गरेका छन् ।

रुसले त्यहाँबाट आफ्नो सेना कम गरेको बताए पनि अझै पनि त्यहाँ करिब एक लाखको संख्यामा रुसी सेना रहेको अमेरिकाले बताउँदै आएको छ ।

पश्चिमा देशहरुले रुसले युक्रेनमा हमलाको तयारी गरेको भन्दै रुसमाथि प्रतिबन्धहरु लगाउने तयारी गरिरहेको बताएका छन्

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com