२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

आज कडा सुरक्षाका साथ प्रतिनिधि सभा बैठक बस्दै, एमसीसीमाथि छलफल हुने

काठमाडौं । आज कडा सुरक्षाका साथ प्रतिनिधिसभाको बैठक बस्दैछ । बैठक दिउँसो १ बजे बस्नेछ । संसद् सचिवालयका अनुसार आजको बैठकमा
एमसीसीमाथि छलफल हुने छ ।

संघीय संसद सचिवालयले बुधबार सार्वजनिक गरेको आजको सम्भावित कार्यसूचीमा एमसीसीलाई समावेश गरिएको छ । कार्यसूचीको दोस्रो बुँदामा अर्थमन्त्री जनार्दन शर्माले एमसीसीमाथि छलफल गरियोस् भनी प्रस्ताव गर्ने उल्लेख गरिएको छ ।

जसमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र बढुले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस गर्ने र दोस्रोमा एमसीसी सम्झौताबारेको छलफल रहेको छ। गत आइतबारको बैठकमा सरकारले एमसीसी सम्झौता टेबल गरेको थियो।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com