२०८१ बैशाख २० - Thu May, 2024 -

Janasewa News

क्रान्तिकारी माओवादीले गर्यो एमसीसी विरुद्ध देशैभर मशाल जुलुस प्रदर्शन

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) सहितका ६ कम्युनिस्ट पार्टी र २ मोर्चाले राष्ट्रघाती एमसीसी सम्झौता विरुद्ध काठमाडौं उपत्यकासहित देशैभर मशाल जुलुस प्रदर्शन गरेका छन् ।

पार्टीका केन्द्रीय सदस्य तथा अखिल ९क्रान्तिकारी०का अध्यक्ष हरिकृष्ण गजुरेलको नेतृत्वमा केन्द्रीय सदस्य तथा अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ अध्यक्ष इश्वर तिमिल्सिना र अखिल क्रान्तिकारी की केन्द्रीय उपध्यक्ष शिलु न्यौपानेलगातकाले बागबजारको खसीबजारदेखि शुक्रराज स्कुलचोकसम्म मशाल जुलुस प्रदर्शन गरिएको थियो।

प्रहरीको अवरोध छिचोल्दै बागबजारको खसीबजारदेखि शुक्रराज स्कुलचोकसम्म मशाल जुलुस प्रदर्शन गरिएको केन्द्रीय सदस्य हरिकृष्ण गजुरेलले जानकारी दिनुभयो।

त्यस्तै काठमाडौं उपत्यकाको चावहिल, भक्तपुरको कमलविनायक, ललितपुरको लगनखेल र कलंकीमा मशाल जुलुस प्रदर्शन गरिएको छ ।

त्यस्तै संघर्षरत ६ पार्टी र २ मोर्चाले देशभरका अधिकांश जिल्लाहरुमा समेत मशाल जुलुस प्रदर्शन गरिएको सम्बद्ध केन्द्रीय सदस्य हरिकृष्ण गजुरेलले जानकारी दिनुभयो।

राष्ट्रघाती एमसीसी खारेजीको लागि संघर्षरत ६ पार्टी र २ मोर्चाले भोलि बिहिबार १२ बजे माइतीघरबाट नारा जुलुससहित नयाँ बानेश्वरस्थित संसद भवन घेराउ गर्ने कार्यक्रम समेत रहेको गजुरेलले जानकारी दिनुभयो।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com