२०८१ बैशाख २० - Thu May, 2024 -

Janasewa News

अभिनेत्री मिरुनाविरूद्ध चाबहिलमा प्रदर्शन, भिक्षुलाई रिहा गर्न माग

अभिनेत्री मिरुनाविरूद्ध चाबहिलमा प्रदर्शन, भिक्षुलाई रिहा गर्न माग

काठमाडौँ । कबड्डी ४ की अभिनेत्री मिरुना मगरविरूद्ध चाबहिलमा प्रदर्शन भएको छ । आफूमाथि दुव्र्यवहार गरेको भन्दै एक भिक्षुमाथि आरोप लगाएर थप्पड समेत हानेकी मगरविरुद्ध चाबहिलको केएल टावरअघि प्रदर्शन भएको हो ।

आज (मंगलबार) बिहान १० बजेदेखि त्यहाँ प्रदर्शन भइरहेको छ । उनीहरुले अभिनेत्री मगर विरुद्ध नाराबाजी गर्दै सो घटनामा पक्राउ परेका भिक्षु २४ वर्षीय फुर्वा तामाङ (लामा) लाई रिहा गर्न समेत माग गरेका छन् । साथै अभिनेत्री मगरलाई सार्वजनिक रुपमा माफी माग्न समेत माग गरेका छन् ।

कबड्डी ४ फिल्मको प्रोमोसनमा जाँदा अभिनेत्री मगरमाथि दुर्व्यवहार गरेको भन्दै आइतबार मुगु घर भएका लामालाई प्रहरीले पक्राउ गरेको थियो । अभिनेत्री मगरले लामामाथि थप्पड समेत हानेकी थिइन् । लामाले भने आफूले अभद्र व्यवहार नगरेको भन्दै विरोध गरेका छन् । उनको समर्थनमा प्रदर्शन भएको हो । प्रदर्शनकारीहरूले कबड्डी ४ फिल्मको पोष्टर समेत जलाएका छन् ।

 

 

 

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com